मकवानपुर– मनहरी गाउँपालिका-९ खरङगा हरियाली सामुदायिक जंगलको भित्री बाटोबाट अवैध लागूऔषध गाँजा करिब १ सय ७१ किलो २१ ग्रामसहित राक्सिराङ गाउँपालिका-४ सितताक बस्ने २० वर्षीय अक्कल प्रसाद स्याङतानलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले भाबरबाट मनहरीतर्फ आउँदै गरेको बा.१३ च २०१४ नम्बरको गाडीलाई जाँच गर्दा २७ वटा प्याकेटमा रहेको उक्त परिमाणको गाँजा फेला […]