काठमाडौं – नेपाल र अमेरिकाबीच सांस्कृतिक सम्पदाको सुरक्षा गर्ने र सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसारको रोकथाम गर्नेसम्बन्धी ऐतिहासिक द्विपक्षीय सांस्कृतिक सम्पत्ति सम्झौतामा हस्ताक्षर भएको छ । नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डा. सुरेश श्रेष्ठले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौताअन्तर्गत, नेपाल सरकारद्वारा जारी भई म्याद […]