अन्तर्राष्ट्रिय सम्बन्धका जानकारले भने : भेनेजुएलामा अमेरिकी आक्रमण अन्तर्राष्ट्रिय कानुन र राष्ट्रसंघको मान्यताविपरीत

काठमाडौं- संयुक्त राज्य अमेरिकाद्वारा भेनेजुएलामाथि हालै गरिएको सैन्य आक्रमणप्रति अन्तर्राष्ट्रिय सम्बन्ध सरोकार समुदाय नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शनिबार एक बैठक गरेर अन्तर्राष्ट्रिय सम्बन्धका जानकारहरूको अन्तरक्रियाबाट उक्त निष्कर्ष निकालिएको डा. हरि प्रकाश चन्दले बताए । कुनै पनि सार्वभौम राष्ट्रको भौगोलिक अखण्डता, राजनीतिक स्वतन्त्रता तथा सार्वभौमिकताको सम्मान गर्नु अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत सिद्धान्त भएकोले यस […]