शिक्षामन्त्री पोखरेल देशकै सबैभन्दा ठूला ‘नेपोबेबी’: सांसद अमरेशकुमार सिंह

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले आफ्नै पार्टीका नेता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलप्रति लक्षित गर्दै उनी देशकै सबैभन्दा ठूलो ‘नेपोबेबी’ (नातावादका उपज) भएको गम्भीर आरोप लगाएका छन्। सिंहदरबार परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद सिंहले मन्त्री पोखरेलको पारिवारिक र राजनीतिक पृष्ठभूमिलाई लिएर तीखा शब्द प्रहार गरेका हुन्। “शिक्षामन्त्रीभन्दा ठूलो ‘नेपोबेबी’ यो […]