चाडपर्वमा ठगी र यातायात जोखिम रोक्न खोटाङमा सात बुँदे प्रतिबद्धता, यात्रुलाई टिकट अनिवार्य

दसैँ, तिहार र छठमा सुरक्षा व्यवस्था, यातायात सेवा तथा उपभोक्ता हित सुनिश्चित गर्न खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी गरिएको छ। जिल्ला सुरक्षा समितिले सोमबार दिक्तेलस्थित जिल्ला प्रशासन कार्यालयमा आयोजना गरेको सर्वदलीय तथा सर्वपक्षीय भेलाका सहभागीले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन्। प्रतिबद्धताअनुसार जिल्ला प्रहरीले गस्ती बढाउने, आपराधिक गतिविधि हुन सक्ने स्थानमा सूक्ष्म निगरानी गर्ने र सुरक्षा निकायबीच […]