काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका अवसरमा विभिन्न देशका सत्तारूढ तथा प्रमुख राजनीतिक दल र तिनका शीर्ष नेताहरूले सफलताको शुभकामना व्यक्त गरेका छन्। काठमाडौँको खुलामञ्चमा आइतबारदेखि सुरु भएको महाधिवेशनका लागि भारतको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीन र प्रमुख प्रतिपक्षी दल इन्डियन नेसनल कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खर्गेले शुभकामना सन्देश पठाएका छन्। […]