सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाल-भारत भूमि समस्याबारे प्रधानमन्त्रीको अभिव्यक्ति निन्दनीय र आपत्तिजनक रहेको बताएका छन् ।  नेपाली कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबार रुपन्देहीमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरिय परामर्श कार्यशाला उद्घाटन गर्दै सभापति थापाले नेपालको भौगोलिक अखण्डता र नेपालको राष्ट्रिय सुरक्षासँग जोडिएको संवेदनशील विषयमा प्रधानमन्त्रीले राखेको अभिव्यक्ति निन्दनीय र आपत्तिजनक रहेको बताएका […]