नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत बैंक तथा वित्तीय संस्थाका कर्मचारीविरुद्ध हिंसा भड्काउने अभिव्यक्ति दिएको आरोपमा एक व्यक्तिमाथि अनुसन्धान अघि बढाएको छ। साइबर ब्यूरोका अनुसार ‘नागरिक बचाउ महाअभियान’ अन्तर्गत ऋणी एसोसिएसनका केन्द्रीय संयोजक देवीप्रसाद सङ्ग्रौला सामाजिक सञ्जालमा सार्वजनिक शिष्टाचार र कानुनी मापदण्ड विपरीतका अभिव्यक्ति दिएको पाइएपछि अनुसन्धानको दायरामा ल्याइएका हुन्। झापा जिल्लाको अर्जुनधारा नगरपालिका–११ निवासी […]