काठमाडौं उपत्यकाको धुवा, दोष भक्तपुरलाई !

काठमाडौं उपत्यकाको प्रदूषणलाई इट्टा भट्टासँग मात्र जोडेर हेर्नु आत्मरति मात्र हो। साँच्चै स्वच्छ उपत्यका बनाउने हो भने पुराना सवारीसाधन हटाउनुपर्‍यो, सडक व्यवस्थापन सुधार गर्नुपर्‍यो, निर्माण क्षेत्रलाई व्यवस्थित गर्नुपर्‍यो र फोहोर व्यवस्थापन कडा बनाउनुपर्‍यो। तर यहाँ राजनीतिक इच्छाशक्ति कम देखिन्छ। कारण, जिम्मेवारी धेरै बाँडिन्छ, अनि एउटा जिल्ला र उद्योगलाई दोष दिएर आफू चोखिने परम्परालाई निरन्तरता दिइन्छ।