एसिया राइजिङ स्टार्स : भारतलाई आठ विकेटले हराउँदै पाकिस्तान सेमिफाइनलमा

काठमाडौं – एसिया कप राइजिङ स्टार्समा भारत ‘ए’ लाई हराउँदै पाकिस्तान ‘ए’ सेमिफाइनल प्रवेश गरेको छ। आइतबार राति सम्पन्न खेलमा पाकिस्तानले भारतलाई आठ विकेटले हराएको हो। सुरुमा ब्याटिङ गरेको भारत ‘ए’ले १९ ओभर खेल्दा सबै विकेट गुमाएर १३६ रन बनाएको थियो। उसका लागि ओपनर वैभव सूर्यवंशीले सर्वाधिक ४५ रन जोड्दा नमन धिरले ३५ रन थपे। […]