काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले आगामी निर्वाचनमा भाग लिनुपर्ने बताएकी छन्। जारी केन्द्रीय समिति बैठकमा शुक्रबार आफ्नो धारणा राख्दै प्रसाईंले जेनजी प्रदर्शन र त्यसपछिको अराजकताले संविधान र लोकतन्त्र संकटमा रहेको बताउँदै चुनावमा जानुपर्ने बताएकी हुन्। ‘जेनजी प्रदर्शनपछिको आराजकताले राष्ट्रका सबै अंग तहसनहस भए। संविधान एउटा टेकोमा अडिएको छ। यस्तो अवस्थामा […]