विश्वका प्रदूषित सहरमध्ये काठमाडौं तेस्रो स्थानमा, पहिलो कुन ?

काठमाडौं– विश्वका प्रमुख प्रदूषित सहरको सूचीमा काठमाडौं तेस्रो स्थानमा परेको छ । वायु प्रदूषण मापन गर्ने संस्था आईक्यूएयरले बिहीबार बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार काठमाडौं विश्वका प्रदूषित सहरमध्ये तेस्रो स्थानमा परेको हो। आईक्यूएयरको बिहान ८ः४५ देखि ९ः४५ बजेसम्मको प्रत्यक्ष तथ्यांकअनुसार काठमाडौंको वायु गुणस्तर सूचकांक (यूएस एक्यूआई) १८३ पुगेको छ। सूचीको पहिलो स्थानमा पाकिस्तानको लाहोर रहेको छ। […]