गेटाको एमबीबीएस कार्यक्रम र आर्मी मेडिकल कलेजको बढेको एमबीबीएस सिट खारेज गर्न डा. गोविन्द केसीको माग

डा. केसीले चिकित्सा शिक्षा आयोगका उपाध्यक्षको पूर्वसंस्था नेपाली आर्मी मेडिकल कलेजलगायतका संस्थामा सिट वृद्धि गरिएको विषयमा पनि गम्भीर प्रश्न उठाएका छन्। उनका अनुसार आयोगका उपाध्यक्ष सो पदमा नियुक्त हुनुअघि नेपाली आर्मी मेडिकल कलेजका प्रिन्सिपल थिए। यसले निर्णय प्रक्रियामा स्वार्थको द्वन्द्व र पदको दुरुपयोग भएको आशंका बढाएको उनको भनाइ छ।