फिक्कल– इलामको चुलाचुली गाउँपालिकाका अधिकांश सडक कालोपत्र गरिएको छ । सङ्घीय सरकार, कोशी प्रदेश सरकार र गाउँपालिकाको बजेटमा टोलटोलमा कालोपत्रे गरिएको छ । कतिपय सडक कालोपत्र सम्पन्न भएका छन् भने कतिपय सडकहरू कालोपत्र सुरु गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले जानकारी दिए । चालु आर्थिक वर्ष २०८२-०८३ मा विभिन्न पाँचवटा बहुवर्षे सडक कालोपत्र सुरु भएको छ। […]