लुम्बिनी– लुम्बिनी प्रदेशसभाको बैठकमा सङ्घीय र प्रदेश सरकारसँग सरोकार राख्ने विषयमा प्रदेशसभा सदस्यहरूले आआफ्नो धारणा राखेका छन् । प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले जनताको अपेक्षाअनुसार सुशासन कायम गर्न सरकार सफल हुनुपर्ने बताए। सङ्घीयतासहितको संविधानप्रति प्रतिबद्धता जनाउँदै प्रदेशलाई स्वायत्त र जीवित संस्थाका रूपमा सुदृढ बनाउनुपर्ने उनको धारणा थियो । प्रदेशसभा सदस्य निमा गिरीले जेनजी आन्दोलनका क्रममा सरकारी […]