फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले डिआर कंगो विरुद्ध छैटौं मिनेटमै अग्रता लिएको छ । अमेरिकाको ह्युस्टन स्टेडियममा भइरहेको समुह के को खेलमा जोआओ नेभेसले गोल गर्दै अग्रता दिलाएका हुन् । उनले पेड्रो नेटोको क्रस हेड मार्फत गोल गरेका हुन् । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो लगातार छैटौं विश्वकप खेलिरहेहका छन् । […]