समानुपातिक तीन उम्मेदवारविरुद्ध आयोगमा उजुरी

काठमाडौँ। निर्वाचन आयोगमा समानुपातिक तर्फका तीन उम्मेदवारविरुद्ध उजुरी परेको छ। आयोगका अनुसार नेकपा एमालेको समानुपातिक सूचीमा रहेका चन्देश्वर मण्डल‚ नेपाली कम्युनिस्ट पार्टीको सूचीमा रहेका जीवन लामा र राप्रपाको सूचीमा रहेका कुमारबहादुर थापाविरुद्ध उजुरी परेको हो। मण्डल आदिवासी तर्फका व्यक्ति भएको र उनको उम्मेदवारी मधेसी क्लस्टरमा राख्न नमिल्ने भनेर उजुरी परेको छ। त्यस्तै नेकपाका लामाविरुद्ध अपांगता […]