काठमाडौँ। जेनिफर रानाको दुई गोलसँगै नेपालले महिला फुटसलमा ऐतिहासिक जित हात पारेको छ। थाइल्यान्डको बैंककस्थित नन्थाबुरी स्टेडियममा बिहीबार भएको साफ महिला फुटसल च्याम्पियनसिपमा नेपालले माल्दिभ्सलाई ५-० ले हराएको हो। नेपालले महिला फुटसलमा हात पारेको यो नै पहिलो जित हो। जितसँगै नेपालले २ खेलबाट ४ अंक पुर्याएको छ। नेपालले पहिलो खेलमा श्रीलंकासँग २-२ गोलको बराबरी खेलेको […]