अउडीले अमेरिकामा ४ अर्ब डलर लगानी गर्ने

वासिङ्टन – जर्मन कार निर्माता कम्पनी अउडीले अमेरिकामा आफ्नो पहिलो कारखाना निर्माण गर्न चार अर्ब २० करोड अमेरिकी डलर लगानी गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार जर्जिया राज्यमा आयोजित चुनावी सभामा उक्त लगानीको घोषणा गरेका हुन् । ट्रम्पका अनुसार जर्जियाको मेकोन सहरनजिकै निर्माण हुने कारखानाबाट वार्षिक दुई लाख सवारीसाधन उत्पादन हुनेछन् । […]