नेपाली कम्युनिस्ट आन्दोलनको सङ्कट केवल सङ्गठन विभाजन वा चुनावी पराजयको परिणाम होइन। वैचारिक जडता, खुला बहसको अभाव, जनताबाट विच्छेद, व्यक्तिपूजा, नोकरशाही केन्द्रीयता, सत्ताको निजीकरण र माओवादी आन्दोलनको शान्तिपूर्ण रूपान्तरणमा देखिएका कमजोरीले आजको विघटन गहिरिएको हो। …