काठमाडौँ । बाढीका कारण फुर्के खोला पुल बगेपछि अवरुद्ध भएको धादिङ सदरमुकामसँगको सडक सम्पर्क वैकल्पिक मार्गबाट पुन:स्थापित गरिएको छ। संघीय सडक सुपरिवेक्षण कार्यालय काठमाडौँका अनुसार मासटार-क्युरिनटार हुँदै त्रिशूली नदीको दायाँ किनाराबाट धादिङबेंसी पुग्ने मार्गलाई तत्कालका लागि सञ्चालनमा ल्याइएको हो। उक्त मार्गबाट अहिले साना सवारीसाधन धादिङबेंसीसम्म आवतजावत गर्न थालेका छन्। रसुवा क्षेत्रमा आएको बाढीले फुर्के खोलाको […]