कास्की। तिहारको अवसरमा पोखरा घुम्न आएका विदेशी पर्यटकलाई भाइटिका लगाएर नेपाली संस्कृतिको अनुभव गराइएको छ । होटल संघ पोखरा नेपालको आयोजनामा लेकसाइडस्थित होटल पौवामा विशेष कार्यक्रम गरी पर्यटकलाई भाइटिका लगाइएको हो । नेपाली मौलिक संस्कृति र परम्पराको अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्ने, सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने तथा आपसी भाइचारा र सद्भाव बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संघले […]