बुढीगण्डकी नदी थुनिएर आएको लेदोसहितको बाढीले विभिन्न स्थानमा ठूलो भौतिक क्षति  कहाँ–कहाँ पुर्‍यायाे ?

काठमाडौँ। गोरखाको चुमनुव्री गाउँपालिका–६ अन्तर्गत लोक्पा र चुम्लिङबीच ठूलो पहिरो खस्दा बुढीगण्डकी नदी थुनिएर आएको लेदोसहितको बाढीले विभिन्न स्थानमा ठूलो भौतिक क्षति पुर्‍याएको छ। बाढीले गोरखाका विभिन्न स्थानमा घर, झोलुङ्गे पुल, पक्की पुल, विद्युत् पोल, टेलिफोन टावर तथा जलविद्युत् आयोजनाका संरचनामा क्षति पुर्‍याएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। बाढीले न्याकचेत र […]