गल्ती स्वीकार गरेर अघि बढ्ने संकल्प गरौँ : उपाध्यक्ष पौडेल

पौडेलले पार्टीको यो अवस्था आउनुमा आफ्नै गल्ती र कमजोरी निर्णायक रहेको समेत स्पष्ट पारेका छन्। उनले थपेका छन्, ‘हिजोको सफलतामा हाम्रो योगदान र योग्यताको निर्णायक भूमिका थियो र आजको असफलता र पराजयमा पनि हाम्रै गल्ती, कमजोरी र अयोग्यताको निर्णायक भूमिका छ।’