काठमाडौँ। सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसद्बाट फिर्ता लिन स्वीकृति प्रदान गरेको छ। मन्त्रिपरिषद्को मंगलबारको बैठकले संसद्बाट विधेयक फिर्ता लिन स्वीकृत प्रदान गर्ने निर्णय गरेको हो। तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यो विधेयक ल्याएका थिए। १५ माघ २०८१ मा राष्ट्रिय सभामा दर्ता भएको […]