काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी फुट्ला भनेर शंका गर्न नपर्ने बताएका छन्। केन्द्रीय कार्यसम्पादन समिति बैठकअघि सानेपास्थित पार्टी मुख्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले विधानअनुसार विशेष महाधिवेशन बोलाउँदैमा पार्टी नफुट्ने बताए। “विधानअनुसार कुनै पनि कार्य गरेर जाँदै गर्दा पार्टी फुट्दैन, एकढिक्का रहन्छ। एकढिक्का रहने सन्दर्भमा कसैलाई आशंका छ भने त्यो नराख्नुभए हुन्छ। धेरै पार्टीका […]