काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा तीन महिना लामो उपचारपछि सोमबार स्वदेश फर्कने भएकी छन् । जेन–जी आन्दोलनका क्रममा घरमा भएको आगलागीमा गम्भीर घाइते भई जीवन–मरणको अवस्थाबाट गुज्रिएकी चित्रकारको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख भएपछि उनलाई नेपाल फर्काउने निर्णय गरिएको हो । भदौ २४ गते बिहान खनाल दम्पती […]