म्याग्दीको लुलाङमा एक सातादेखि विद्युत सेवा अवरुद्ध

म्याग्दी। म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङ एक हप्तादेखि विद्युत सेवा अवरुद्ध भएको छ। दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युतगृहका उपकरणमा प्राबिधिक समस्या आएपछि लुलाङ, लमसुङ, खोरीया, मरेनी टोलका बासिन्दा विद्युत सुविधाबाट वञ्जित भएका हुन्। लुलाङ आधारभूत विद्यालयका शिक्षक दर्पण रोकाले विद्युत अभावमा रातका समयमा उज्यालो बनाउन, घरायसी काम, विद्यार्थीहरुलाई पठनपाठन र वडा कार्यालयको सेवा प्रवाहमा समस्या भएको […]