सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंह प्रतिनिधिसभामा आफ्नै सरकारविरुद्ध कडा रूपमा प्रस्तुत भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेनको नाम नलिई उनले प्रधानमन्त्रीको सचिवालयबाट भइरहेको भनिएको शक्ति अभ्यासमाथि एकपछि अर्को गम्भीर आरोप लगाएका हुन्। सिंहले नेपालको शासन व्यवस्था प्रधानमन्त्रीय भए पनि अहिले व्यवहारमा ‘सल्लाहकार व्यवस्था’मा परिणत भएको आरोप लगाए। “सरकारको केन्द्र मैले […]