विपद् व्यवस्थापनमा स्थानीय तहलाई नेतृत्व दिनुपर्नेमा गगन थापाको जोड

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले प्राकृतिक विपद्को प्रतिकार्यलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहबीच स्पष्ट जिम्मेवारीसहितको समन्वय आवश्यक रहेको बताएका छन्। उनले राहत वितरणको मुख्य जिम्मेवारी स्थानीय सरकारलाई दिनुपर्ने धारणा राखेका छन्। ललितपुरको सानेपास्थित काँग्रेस केन्द्रीय कार्यालयमा बाढी पहिरोपछि उत्पन्न अवस्थाका विषयमा पार्टीको भूमिकाबारे आयोजित छलफलमा थापाले विपद् व्यवस्थापनलाई तत्कालीन उद्धारमा सीमित […]