हनोई- भियतनामको दक्षिणी फु क्वोक टापु नजिक शनिबार पर्यटक बोकेको डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु भएको छ। स्थानीय सञ्चारमाध्यम भिएनएक्सप्रेसका अनुसार डुङ्गामा ३२ जना भारतीय पर्यटकसहित चालक दलका सदस्य र सेवाकर्मी गरी ३६ जना सवार थिए। दुर्घटनापछि सञ्चालन गरिएको उद्धार अभियानमा २१ जनालाई सकुशल उद्धार गरिएको छ भने १५ जनाको शव फेला परेको अधिकारीहरूले जनाएका छन्। […]