संयुक्त विद्यार्थी आन्दोलनले त्रिवि परिसरमा गर्‍यो मार्चपास (तस्बिरहरू)

काठमाडौं– संयुक्त विद्यार्थी आन्दोलनले विभिन्न राजनीतिक दलसँग सम्बद्ध विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको तयारीको विरोधमा त्रिभुवन विश्वविद्यालय परिसरमा मार्चपास गरेको छ । त्रिभुवन विश्वविद्यालय घण्टाघरदेखि टी. यु गेटसम्म मार्चपास गर्दै विद्यार्थीहरूले सरकारको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । उनीहरूको भनाइमा विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने निर्णय संविधान र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत हुनुका साथै नागरिक अधिकारमाथिको प्रत्यक्ष हस्तक्षेप […]