बढ्दैछ रास्वपामा छाड्नेको लर्को, अधिकांशले लगाए नेतृत्त्वमाथि आर्थिक अपचलनको आरोप

प्रतिनिधिसभा निर्वाचनको मुखैमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र असन्तुष्टि चुलिँदै गएको छ। फागुन २१ गतेको निर्वाचनमा पहिलो शक्ति बन्ने दाबी गर्दै चुनावी म्याराथनमा व्यस्त रास्वपा, आन्तरिक विवाद र नेताहरूको बहिर्गमनसँग जुझिरहेको छ। संस्थापक र प्रभावशाली नेताहरूले पार्टी नेतृत्वमाथि आर्थिक अपचलन, पारदर्शिताको अभाव र टिकट वितरणमा स्वेच्छाचारिता भएको आरोप लगाउँदै लगातार राजीनामा दिएका छन्। पछिल्लो तीन […]