आइरन फोलिक एसिड खरिदको विवादित ठेक्का रद्द गरिएपछि १५ करोड रुपैयाँ स्वास्थ्य सेवा विभागमा रोकिएको छ। नियमानुसार स्थानीय सरकारले किन्नुपर्ने औषधि संघीय सरकारले खरिद गर्न ठेक्का लगाउँदा लागत रकमबारे विवाद भएपछि गत २२ कात्तिकमा विभागले रद्द गरेको थियो। आइरन फोलिक एसिड सरकारले नि:शुल्क वितरण गर्ने ९८ प्रकारका औषधिमध्ये पर्छ। आधारभूत स्वास्थ्य सेवा सञ्चालनसम्बन्धी कार्यविधि, २०७९ […]