नेपाल वायुसेवा निगमलाई तीन वर्षभित्र ऋणमुक्त बनाउने कार्यकारी अध्यक्ष श्रेष्ठको घोषणा

नेपाल वायुसेवा निगमका नवनियुक्त कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई आगामी तीन वर्षभित्र ऋणमुक्त बनाउने घोषणा गरेका छन्। मन्त्रिपरिषद् बैठकले निगमको महाप्रबन्धकको जिम्मेवारीसमेत सम्हाल्ने गरी कार्यकारी अध्यक्ष नियुक्त गरेपछि उनले निगमलाई आफ्नै आम्दानीबाट सञ्चालन गर्न सक्ने अवस्थामा पुर्‍याउने योजना सार्वजनिक गरेका हुन्। श्रेष्ठले निगमको अन्तर्राष्ट्रिय सेवा युरोपसम्म विस्तार गर्दै संस्थालाई चुस्त, मितव्ययी, पारदर्शी र व्यावसायिक बनाउने […]