दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलका लागि २५ करोड रुपैयाँ विनियोजन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वार्षिक बजेटमा उक्त विमानस्थलका लागि २५ करोड रुपैयाँ समावेश भएको हो । विमानस्थलको धावन मार्गलाई २ हजार ५०० मिटरसम्म विस्तार गर्न जग्गा व्यवस्थापनसहित अन्य पूर्वाधार व्यवस्थापन गर्न उक्त बजेट विनियोजन गरिएको दाङ निर्वाचन क्षेत्र नं ३ का […]