‘जीवन्त र समृद्ध असन’ कार्यक्रम सुरु, शनिबार सवारी प्रवेश निषेध

काठमाडौं– काठमाडौँको प्राचीन असन क्षेत्रमा शनिबारदेखि सामाजिक, सांस्कृतिक तथा परम्परागत व्यापारिक प्रवर्द्धन कार्यक्रम सुरु गरिएको छ। असन क्षेत्रको मौलिकता जोगाउन काठमाडौं महानगरपालिकाले ‘जीवन्त र समृद्ध असन’ कार्यक्रम सञ्चालनमा ल्याएको हो। महानगरका अनुसार काठमाडौंको सांस्कृतिक पहिचान, परम्परागत जीवनशैली, जात्रा–पर्व, संस्कार तथा पुर्खाको ज्ञान र सीपको संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको हो। कमलाछी चोक, […]