सम्झौताविना टुङ्गियो अमेरिका–इरान वार्ता

जेनेभा। मध्यपूर्वमा युद्धको खतरा बढिरहेका बेला अमेरिका र इरानबीच तेहरानको आणविक कार्यक्रमबारे भएको पछिल्लो अप्रत्यक्ष वार्ता कुनै ठोस सम्झौताविना समाप्त भएको छ। जेनेभामा बिहीबार घण्टौँ चलेको संवादपछि दुवै पक्ष बाहिरिए पनि तनाव घट्ने संकेत स्पष्ट देखिएको छैन। वार्ताको मध्यस्थता गरिरहेका ओमानका विदेशमन्त्री बद्र अल–बुसाइदीले ‘उल्लेखनीय प्रगति’ भएको बताए, तर कुनै ठोस सहमति सार्वजनिक भएन। वार्ता […]