नेपालमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ विभिन्न कार्यक्रम गरी मनाइँदैछ। संविधानसभाबाट २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको दिनको स्मरणमा सरकारी तथा गैरसरकारी तहबाट कार्यक्रम आयोजना गरिएका छन् भने राष्ट्रपति, प्रधानमन्त्रीदेखि राजनीतिक दलका नेतासम्मले शुभकामना तथा सन्देश दिएका छन्। सैनिक मञ्च टुँडिखेलमा आयोजित मुख्य समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी भए। नेपाली सेनाले […]