काठमाडौँ । न्याय सेवा आयोगले नेपाल न्याय सेवाका दुई अधिकृतलाई राजपत्राङ्कित विशिष्ट श्रेणीका पदमा बढुवा, नियुक्ति तथा पदस्थापनका लागि सिफारिस गरेको छ। आयोगको २०८३ असोज २० गतेको निर्णयअनुसार सहन्यायाधिवक्ता अमृतमणि नेउपानेलाई सचिव पदमा बढुवा नियुक्ति तथा पदस्थापनका लागि सिफारिस गरिएको छ। महान्यायाधिवक्ताको कार्यालय, काठमाडौँमा सहन्यायाधिवक्ता रहेका नेउपाने हाल बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग, काठमाडौँमा कार्यरत […]