लमजुङ। उत्तरी लमजुङको मर्स्याङ्दी गाउँपालिका–६ मा निर्माणाधीन सुपर ङादी हाइड्रोपावरमा कार्यरत एक कामदारको भीरबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको सप्तकोशी नगरपालिका–८ का ३७ वर्षीय रमेश कुमार चौधरी रहेका छन् । सोमबार आयोजनाको काममा खटिएका बेला चौधरी कार्यस्थल नजिकैको भीरबाट करिब २० मिटर तल खसेर गम्भीर घाइते भएका थिए । घाइते चौधरीलाई तत्काल […]