काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाले तिहारमा माटोले घर लिपपोत गरी परम्परागत संस्कृतिलाई जोगाउन स्थानीयलाई अनुरोध गरेको छ। गाउँसभाबाटै खानीखोलाका बासिन्दाले दिपावलीका अवसरमा एकरुपता आउने प्रकारका रङका माटोले लिपपोत गर्ने निर्णयसमेत भएको थियो। परम्परागत संस्कृतिलाई पुनर्जीवित गर्ने उद्देश्यले गत असारमा सम्पन्न गाउँसभाले उक्त निर्णय गरेको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले बताए। उनीद्वारा जारी सार्वजनिक अपिलमा आधुनिकतासँगै गाउँघरमा माटोले […]