सुनचाँदीको मूल्य बढ्याे

काठमाडौँ। नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ। शुक्रबार प्रतितोला ४ हजार ८ सय रूपैयाँले घटेको सुनको मूल्य आइतबार तोलामा १ हजार दुई सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुन प्रतितोला ३ लाख २ हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ।शुक्रबार सुन प्रतितोला ३ लाख एक हजार रूपैयाँमा कारोबार भएको थियो। […]