खड्का निवासमा कांग्रेस पूर्वपदाधिकारीहरुको बैठक जारी

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा पूर्वपदाधिकारीहरुको बैठक चलिरहेको छ । पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतले गगन थापाको पक्षमा निर्णय सुनाएपछि निवर्तमान कार्यवाहक सभापति खड्काले आफ्नो समूहका नेताहरुलाई छलफलमा डाकेका हुन् । गोल्फुटारस्थित खड्का निवासमा जारी बैठकमा पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीहरू डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला, डा. प्रकाशमान सिंहलगायतका नेताहरु सहभागी छन् […]