एसईई परीक्षा चैत १९ देखि शुरु हुने (तालिकासहित)

काठमाडौं । कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । शैक्षिक क्यालेन्डरअनुसार परीक्षा पहिलो साता नै हुने तय भए पनि निर्वाचनका कारण मिति पछि सारिएको हो । परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार एसईई परीक्षा चैत १९ गतेदेखि सुरु गर्ने निर्णय भएको छ । […]