काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी डीआईजी अबिनारायण काफ्लेले पाएका छन्। यसअघि प्रवक्ता रहेका डीआईजी विनोद घिमिरेको प्रशासन विभागमा सरुवा भएको छ। प्रवक्ता तोकिएका काफ्ले आइतबार मात्र डीआईजीमा बढुवा भएका हुन्। बढुवापछि उनको प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन भएको हो।