एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु, अध्यक्षको राजनीतिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक बुधबार सुरु भएको छ । बैठक केही बेरअघिबाट मिराकल पार्टी भेन्यूमा जारी छ । बैठकमा सुरूमा अध्यक्ष नेपालले विकसित राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका छ्न् । बैठक शुक्रबारसम्म चल्नेछ । बैठकमा अध्यक्ष माधव कुमार नेपालको राजनीतिक प्रतिवेदन प्रस्तुत भएको छ ।   तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी