स्रोत नखुलेको नगदसहित पक्राउ

काठमाडौं– काठमाडौँ महानगरपालिका–२६ ठमेलबाट स्रोत नखुलेको नगद १३ लाख ७५ हजार रुपैयाँसहित एकजना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका–३ घर भएका २० वर्षीय युवराज घताने उक्त रकमसहित आज पक्राउ परेका हुन् ।  प्रहरी वृत्त दरबारमार्गको टोलीले बा ९७ प २६४४ नम्बरको स्कुटर जाँच गर्दा उक्त नगद फेला पारी उनलाई […]