दोस्रो नेपाल फिनटेक एक्स्पो असोज २३ देखि, ६५ बढी प्रदर्शनी कक्ष रहने

नेपालको वित्तीय प्रविधि क्षेत्रमा केन्द्रित नेपाल फिनटेक एक्स्पो २०२६ आगामी असोज २३ देखि २५ गतेसम्म ललितपुरको हेरिटेज गार्डेनमा आयोजना हुने भएको छ। फिनटेक एलायन्स नेपालले एक्स्पोको दोस्रो संस्करण आगामी अक्टोबर ९, १० र ११ मा आयोजना गर्ने घोषणा गरेको हो। पहिलो संस्करण दुई दिन सञ्चालन भएकोमा यसपटक एक्स्पोलाई तीन दिनसम्म विस्तार गरिएको आयोजकले जनाएको छ। […]