आगामी निर्वाचन अघि पार्टीको १५औं महाधिवेशन नगरिए पदबाट राजीनामा दिने महामन्त्री शर्माकाे चेतावनी

काठमाडाैं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचन अघि पार्टीको १५ औं महाधिवेशन नभए पदबाट राजीनामा दिने चेतावनी दिनुभएकाे छ। पार्टी सभापति शेरबहादुर देउवालाई आइतबार भेटेर महामन्त्री शर्माले यस्ताे चेतावनी दिनुभएकाे हाे।विधान अनुरूप विशेष महाधिवेशन माग गर्दै २ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिले बुझाएको हस्ताक्षरलाई बेवास्ता गर्न नमिल्ने […]